Posts

Our every thought, word and action is OUR creation. Situations come to us from outside, but our responses are completely OUR choice.omshanti

जनताबाट निर्वाचितहरुले संविधान लेखुन् भनेर संविधानसभाको निर्माण भयो भने धेरै जाति, क्षेत्र र लिङ्गको प्रतिनिधित्व होस् भन्दा संविधानसभा ६०१ सदस्यीय हुन पुग्यो । तर पनि विगतको तुलनामा नयाँ संविधानसभामा विभिन्न जाति र क्षेत्रको प्रतिनिधित्व कम हुने मात्र हैन महिलाको प्रतिनिधित्व ३३ प्रतिशत नपुग्ने स्पष्ट संकेत देखिएको छ । संविधानसभामा समानुपातिक सभासद्हरुको नामावली सिफारिस गर्ने प्रमुख तीन दलहरु कसरी समावेशी बनाउँछन् त संविधानसभालाई ? नयाँ संविधानसभाको समावेशिताको बारेमा आज हामी बहस गर्दैछौं । https://www.youtube.com/watch?v=2OQdJ2o5WMM

जनताबाट निर्वाचितहरुले संविधान लेखुन् भनेर संविधानसभाको निर्माण भयो भने धेरै जाति, क्षेत्र र लिङ्गको प्रतिनिधित्व होस् भन्दा संविधानसभा ६०१ सदस्यीय हुन पुग्य...
youtube.com
Photos
Posts

Positive thinking is a must Power for a clear mind and happy life. ex- No worries,No confusion and we stay light and easy every time.

विपिन तामाङ्दवारा हिमाल सागरको ‘यो मर्म रेटी जानेलाई’ गीतको भिडियो सार्वजनिक..

असार २४, इजरायल ।हरि मानन्धर “विवश”-इजरायली भूमिमा नेपाली गीत संगीत मौलाउने क्रम तीब्र छ । यसै क्रममा प्रसिद्ध गायक हिमाल सागरको ‘त्यो दिन’ एल्वममा समावेश गरिएको गित ‘यो मर्म रेटी जानेलाई’ बोलको गीतको भिडियो इजरायली भूमिमै सार्वजनिक भएको छ । यस अगाडि थुप्रै गीतहरूमा निर्देशन, छायाङ्कन तथा सम्पादन गरिसक्नुभएका कर्मसील जुझारू युवा विपिन तामाङ्ले यो गीत पनि सबैको मनमा रहन सक्नेगरि तैयार पार्नुभएको छ ।...

मानस केसीको शब्द रहेको उक्त गीतलाई निर्देशक विपिन तामाङले इजरायलमै कार्यरत हेम उप्रेती, अरिया खड्का, सूर्य बस्याल र सुष्मा बस्यालको अभिनयलाई अनुबन्धित गर्नुभएको छ ।

निर्देशक तामाङ्ले उक्त गीतको भिडियोमा आफुलाई अति माया गर्ने प्रैमीलाई छाडेर अर्को प्रेमी रोज्दाको पीडा कथाबस्तुमा समावेश गर्नुभएको छ ।
निर्देशक तामाङ्ले ‘म त धर्तीको धुलो’, ‘आफु त सोझो मान्छे’, ‘पीडा दिने निष्ठूरीले’ लगायतका गीतहरूमा आफ्नो कला प्रस्तुत गरिसक्नुभएको छ भने ‘पलपल यादमा मर्छु हजुर’ गजल लगायत अन्य गीतहरूमा समेत भिडियो तयार पार्दै हुनुहुनछ ।


‘यो मर्म रेटी जानेलाई’गीतको भिडियो हेर्नुहोस्ः
http://www.youtube.com/watch?v=TCQcB4_qARA#at=229

See More

नेपाली नयाँ बर्ष २०७० धमाका इजरायलमा भब्य रुपमा सम्पन्न भएको छ |

नेपाली राज दुतबासका महामहिम राजदुत श्री प्रलाद कुमार प्रसाई को प्रमुख आथिति मा भएको उक्त कार्यक्रममा राजदुतबास परिवार नेपाल बाट पाल्नु भएका कलाकारहरु "हेमन्त शर्मा ,इन्दिरा जोसी र शिब परियार" लगाएत पत्रकार साथीहरु , विभिन्न संग संस्थाका प्रतिनिधि हरु इजरायलमा कार्यरत नेपाली हरुको भव्यरुपमा उपस्थित रहेको थियो | उक्त कार्यक्रम को सभापतित्व प्रमुख आयोजक श्री टिका पहाडी ले गर्नु भएको थियो ,कार्यक्रम संस्चालन श्री... क्रिजल के.सी. र श्री दिपक ओली ले गर्नु भएको थियो भने कार्यक्रममा स्वागत मन्तब्य श्री बिपिन तामाङ् ले गर्नु भएको थियो |

अथिति र बेशेस अथितिहरुले पानसमा बत्ति बालेर ,रास्ट्रिय गान बाट शुरु भएको कार्यक्रममा कलाकारहरुले दर्सकलाई भरपुर नचाउनु भई सबैलाई नेपालमै भएको महसुस गराउन सफल हुनु भएको थियो|

उक्क्त कार्यक्रमको सानो झलक हेर्न यो लिंकमा क्लिक गर्नु होस् ...
https://www.facebook.com/pages/nagariksamajcom/308601552572815?ref=hl

See More
नेपाली नयाँ बर्ष २०७० धमाका इजरायलमा भब्य रुपमा सम्पन्न भएको छ | नेपाली राज दुतबासका महामहिम राज दुत श्री प्रलाद कुमार प्रसाई को प्रमुख आथिति मा भएको उक्त का...
youtube.com

इजरायलमा हिमाल सागर को एल्बमको गीतमा बिपिन तामाङ् जी द्वारा म्युजिक भिडियो छायाँकन....

अप्रिल १०, बिपिन तामाङ् इजरायल - देशको अस्थिर रानीतिक र उच्च शैक्षिक् बिरोजगार संगै लाखौ युवा शक्ति बेदेश पलायन हुने क्रममा बिगत साडे ४ बर्ष देखि इजरायलमा कार्यरत विपिन तामाङ जी ले आफ्नो कामको बाब्जुध पनि समय निकाली ,सिमित साधन र श्रोतको साथमा नेपाली गीत सङ्गीतको क्षेत्रमा महत्व पूर्ण योगदान दिइ रहनु भएको छ |उहाँको यो म्युजिक भिडियो चर्चित राष्ट्रिय स्तरका गायक हिमाल सागरको एल्वम "त...्यो दिन" मा समावेश मानस केसी को रचना को "यो मर्म रेटी जानेलाई, बोलको गीतमा भिडियो छायाँकन गर्नुभएको छ, भने उक्त भिडियोमा क्यामेरा तथा सम्पादन तथा निर्देशक समेत तामाङ्कै रहेको छ ।

यस भिडियोमा युवा अस्वथामा हुने अपरिपक्क मायाँ प्रेम लाई चित्रण गरिएको कुरा तामाङ् संगको कुराकानी मा उहाले हामीलाई बताउनु भयो , आफुलाई चोखो मायाँ गर्ने प्रेमीलाई बुझ्न नसकी अर्को प्रेमी बनाए पछी... दुख पाएकी प्रेमिकालाई यहाँ चित्रण गरिएको छ |

यस भिडियोको मोडलिङ्मा इजरायलमै कार्यरत कलाकार साथीहरू हेम उप्रेती, आर्य खङ्का, सूर्य बस्याल र सुष्मा श्रेष्ठ रहनुभएको छ ।

इजरायलमा हुने हरेक कार्यक्रमहरुमा प्रमुख डिजे को भूमिका निभाई सक्नु भएका सबैका प्रिय तामाङ्ले १२ वटा भन्दा बढि म्यूजिक भिडियो गरिसक्नुभएको छ ।

कसरी यस क्षेत्रमा लागि पर्ने जोस जाँगर आयो भनेर सोधिएको एक प्रश्नमा उहाँले इजरायलमा रहनुभएका गित संगीत प्रेमी सबै नेपालीहरूको मायाका कारण आफु यस क्षेत्रमा लागि परेको र यसरीनै सबैको साथ् र मायाँ पाएमा आगामी दिनहरुमा अझ बढी समय निकाली साधन र श्रोत पनि जुटाई आफु यस क्षेत्रमा लागि पर्ने र केहि गरेर देखाउने सोच रहेको कुरा हामीलाई जानकारी गराउनु भयो |

उहाँका अनुसार अहिले दिपिका भुसालको शब्द र मान्धवी त्रिपाठीको स्वरमा रहेको गीत "पीडा दिने निष्ठुरीले..", हरि मानन्धर “विवश”को रचना र निशा देशारको स्वरमा रहेको गजल "पलपल यादमा मर्छु हजुर..." र योगेन्द्र रार्इको शब्द सँगीत म त् धर्तिको धुलो र आफु त सोझो मान्छे..." तथा अन्य सेलो गीतहरू छायाँकन भैसकेको र सम्पादनको काम भैरहेको कुरा पनि विपिन तामाङ जी ले जानकारी गराउनु भयो ।

पछिल्लो समयमा इजरायलमा रहेका साहित्य ,संगीत प्रेमी नेपालीहरुले गित संगीत र साहित्य रचना आदि बिदामा महत्व पूर्ण योगदान पुर्याई रहनु भएको छ , जसले प्रवासमा रहेर पनि आफ्नो देश प्रतिको मायाँ ,भाषा ,धर्म र सस्कृति प्रतिको प्रेमलाई अझ मझ्भुत बनाई यस क्षेत्रम ईटा थप्ने कार्य भईरहेको छ |सम्पूर्ण साहित्य ,संगीत र कलाकारिता प्रेमी साथीहरुलाई हार्दिक बधाई साथै सफलता र निरन्तरताको कामना छ |

बिपिन तामाङ् जी ले निर्देशन गर्नु भएको यस म्युजिक भिडियोको प्रोमो हेर्न तलको लिंकमा किलिक गर्नुहोस http://www.youtube.com/watch…

See More
direction ,camara & edit by bipin tamang music video very sad song shoot in israel . lyrics by manas kc, models-hem,ariya ,surya & sushma
youtube.com

सावधान ! फिसिङ गरी तपाईँलाई ठग्लान्;बैँक ठगी गर्ने अर्को काईद...

नेपाली बैँकहरुको आधिकारिक साइट जस्तै देखिने गरी नक्कली साइट बनाएर (फिसिङ गरी) प्रयोगकर्ताहरुको जानकारी थुत्‍न इमेल पठाउने प्रवृत्ति बढिरहेको छ। विगत केहि महिना देखी नेपालका विभिन्न वित्तिय संस्थाहरुको e-banking का लागी Login गर्ने मुख्य पृष्ठसंग दुरुस्त मिल्ने पेज (Login Page) बनाई वित्तिय संस्थाहरुका खातावालाहरुलाई सुरक्षाका कारण पासवर्ड परिवर्तन गर्न आग्रह गर्दै बिभिन्न ग्राहकहरुलाई इमेलमा तपाईँको अकाउन्ट डिस...ेबल गरिएको, सस्पेन्ड गरिएको र पुनः चालु गर्नका लागि फलानो लिङ्कमा गएर आफ्नो युजरनेम र पासपवर्ड हान्नुस् भनि spam email हरु पठाउने र ग्राहकहरुलाई झुक्याई बैंकको एकाउन्ट नम्बर, नाम, ठेगाना तथा पासवर्ड चोरी गर्ने अपराधिक प्रवृति बढ्ढै गएको । Khabar bhitra ko khabar-


भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस्

See More

सरकारको लक्ष्य चुनाव, आजैदेखि निर्वाचनमा लाग्छ : गृह मन्त्री माधव घिमिरे

बालकृष्ण अधिकारी, काठमाडौं, चैत १ - नव नियुक्त गृहमन्त्री माधव घिमिरेले सरकारको एकमात्र प्राथमिकता निर्वाचन भएको बताएका छन्। उनले सरकारले आजैबाट चुनावको काम सुरु थालिहाल्नेसमेत बताए। शितल निवासमा सपथ लिएलगत्तै पत्रकारहरुसँग कुरा गर्दै पूर्व मुख्यसचिवसमेत रहेका घिमिरेले भने, 'अरु कुरा भने पद बहालीपछि गर्नेछु।'नागरिक

एसएलसी दिन गइरहेकी छात्राको माटोले पुरिएर मृत्यु

रुकुम, चैत १ - आजदेखि सुरु भएको एसएलसी परीक्षामा सहभागी हुन तयारीमा रहेकी रुकुम पोखरा गाविसको जनता उच्च माविकी छात्राको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको छ।
रुकुमकोट परीक्षा केन्द्रबाट परीक्षा दिन रुकुमकोट पुगेकी पोखरा गाविस- ४ की १८ वर्षीया गीता खड्का थापाको हिजो साँझ मृत्यु भएको हो।
प्रहरीका अनुसार आफू बस्ने कोठा पोत्न माटो लिन गएकी खड्का माथिबाट खसेको माटोको ढिस्कोले पुरिएका थिइन्। घाइते अवस्थामा फेला परेकी खड्काको उपचार ...गर्न लिने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।
हिजो दिउँसो माटोमा पुरिएकी खड्कालाई साँझ फेला पारिएलगत्तै अस्पताल पुर्यालए पनि चिकित्सकले त्यसअघि नै उनको मृत्यु भइसकेको बताएका थिए। रासस

See More

एसएलसी परीक्षा सुरु


भक्तपुर, चैत १ - यो वर्षको प्रवेशिका परीक्षा देशभर एकैसाथ सुरु भएको छ। परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका अनुसार पाँच लाख ४७ हजार १६५ जना परीक्षामा सहभागी भएका छन्। देशभरका एक हजार ७८६ परीक्षा केन्द्रमा आज पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षा भएको हो।
नियमिततर्फ चार लाख ३० हजार ९७ जना र एक्जाम्टेडतर्फ एक लाख १७ हजार ६८ परीक्षार्थी रहेको परीक्षा नियन्त्रक खगराज बरालले बताए।...
सबैभन्दा बढी काठमाडौँमा ८६ केन्द्र र सबैभन्दा कम मनाङ तथा मुस्ताङमा एक, एक केन्द्र कायम गरिएको छ।

परीक्षालाई मर्यादित एवम् व्यवस्थित बनाउन एक हजार ७८६ केन्द्राध्यक्ष, दुई हजार ६५५ सहायक केन्द्राध्यक्ष, २१ हजार ८९० निरीक्षक, सात हजार २९७ सहयोगी र १९ हजार ८६० सुरक्षाकर्मी परिचालन गरिएको छ। रासस

See More

रेग्मीले पदभार ग्रहण गर्दै भने 'चुनावमा जुटौं'

काठमाडौ, चैत्र १ - अन्तरिम चुनावी मन्त्रिपरिषद्को अध्यक्ष प्रधानन्यायाधीश खिलराज रेग्मीले सिंहदरवार पुगेर बिहीबार आफ्नो पदभार ग्रहण गरेका छन् । त्यसअघि उनले शितल निवासमा आयोजित विशेष समारोबीच राष्ट्रपति रामवरण यादवबाट पद तथा गोपनियताको सपथ लिएका थिए ।

सपथ लिए लगत्तै लेनचौरमा रहेको शहिद बाटिकामा पुगरे शहिदको शालिकमा माल्यार्पणपछि रेग्मी आफ्ना मन्त्रिपरिषद्का सदस्यद्वय माधवप्रसाद घिमिरे र हरिप्रसाद न्यौपानेसंगै सिंहदरवार आएका हुन् ...। पदभार ग्रहण लगत्तै रेग्मीले आफूलाई जिम्मेवारी दिएकोमा दलहरुप्रति आभार प्रकट गर्दै समयमै निर्वाचन गराउने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले अहिलेको जिम्मेवारी निर्वाचन रहेकाले आन्दोलनमा रहेका सबैलाई सहमतिमा आएर चुनावमा लाग्न आग्रह गरे ।

प्रमुख चार दल एमाओवादी, कांग्रेस, एमाले र मधेशी मोर्चाले संविधानसभाको आगामी निर्वाचन गराउने प्रमुख जिम्मेवारी रहने गरी प्रधानन्यायाधीश रेग्मीको नेतृत्वमा चुनावी सरकार बनाउने बुधबार राति सहमति गरेका थिए । त्यसै अनुसार अन्तरिम संविधानमा राष्ट्रपति मार्फत बाधा अड्काउ फुकाएर प्रधानन्यायाधीश रेग्मीलाई चुनावी सरकारको प्रमुखमा सपथ ग्रहण गराइएको छ ।
ekantipur

See More

अन्ततः खिलराज ३६ औं ‘प्रधानमन्त्री’ !
भारतमा आइए पढेका रेग्मी चीन जान बाँकी


३० फागुन, काठमाडौं । विसं २००६ साल जेठ १८ गते पाल्पा जिल्लाको पोखराथोक- ६ मा जन्मनुभएका ६३ वर्षीय खिलराज रेग्मी नेपालको अन्तरिम चुनाबी मन्त्री परिषद्को अध्यक्ष (प्रधानमन्त्री) बन्ने भाग्यमानी न्यायमूर्ति ठहरिनुभएको छ । रेग्मी नेपालको ३६ औं प्रधानमन्त्री एवं सरकार चलाउने पहिलो प्रधानन्यायाधीशका रुपमा इतिहासमा आफ्नो नाममा लेखाउन लगभग सफल हुनुभएको छ । यद्यपि उहाँको पद ‘प्रधानमन्त्री’ नभई अध्यक्षमात्रै ...रहने छ । रेग्मीले भोलि विहान ९ बजे पद तथा गोपनियताको सपथ लिनु हुनेछ ।

पत्नी शान्ता र तीन सन्तानका अभिभावक रेग्मीले भारतको उत्तरप्रदेशबाट सन् १९६६ आइए उत्तीर्ण गर्नुभएको हो । त्यसपछि रेग्मीले त्रिभुवन विश्वविद्यालयबाट सन् १९६८ मा बीए, १९७० मा बीएल र १९७२ मा मानविकी संकायमा एमएसम्मको अध्ययन पूरा गर्नुभएको छ । रेग्मीको घर प्रवचनमार्ग, काठमाडौंमा रहेको छ । उहाँको घर नं १८२/१५ हो । प्रधानन्यायाधीश भएपछि दुईवर्ष अघिदेखि उहाँ बालुवाटार बस्दै आउनुभएको छ ।

नेपाली अंग्रेजी र हिन्दी भाषामा दक्ष रेग्मीले सन् १९७२ मा शाखा अधिकृतबाट सरकारी सेवा प्रारम्भ गर्नुभएको हो । न्यायसेवा प्रवेशको दुईवर्षपछि सन् १९७४ मा उहाँ जिल्ला न्यायाधीश बन्नुभयो भने त्यसको ११ वर्षपछि सन् १९८५ मा सर्वोच्च अदालतमा राजपत्रांकित प्रथम श्रेणीको उप-रजिष्ट्रार बन्नुभयो । ६ वर्ष उप-रजिष्ट्रारमा काम गरेपछि सन् १९९१ बाट उहाँ पुनरावेदन अदालतको न्यायाधीश बन्नुभयो र त्यसको पाँचवर्षपछि १९९६ देखि पुनरावेदन अदालतको मुख्य न्यायाधीशको जिम्मेवारी सम्हाल्नुभयो ।

सन् २००३ देखि सर्वोच्च अदालतमा न्यायाधीश बन्नुभएका रेग्मी ८ वर्षपछि सन् २०११ मा प्रधानन्यायाधीश बन्नुभएको हो । प्रधानन्यायाधीशको कार्यकाल सकिन लगभग २ वर्ष बाँकी छ ।

सन् १९८१ मा गोरखा दक्षिण बाहु चौथोबाट सुशोभित हुनुभएका रेग्मीले सन् १९९० मा गोरखा दक्षिण बाहु तेस्रो र सन् २००० मा त्रिशक्तिपट्ट तेस्रो पदक प्राप्त गर्नुभएको छ । सन् २०१२ मा उहाँले इन्टरनेशनल जुरिस अवार्ड प्राप्त गर्नुभएको छ ।

अन्तरिम चुनावी मन्त्री परिषद्का अध्यक्ष बन्ने सौभाग्य पाउनुभएका रेग्मीले अमेरिका, क्यानडा, ब्राजिल, इटाली, बेल्जियम, फ्रान्स, नेदरल्याण्ड, स्वीटजरल्याण्ड, फिनल्याण्ड, डेनमार्क, स्वीडेन, जापान, दक्षिण कोरिया, इन्डिोनेसिया, सिंगापुर, मलेसिया, थाइल्याण्ड, भुटान र भारतको भ्रमण गर्नुभएको छ । तर, उहाँले अहिलेसम्म छिमेकी चीनको भ्रमण गर्न भ्याउनुभएको छैन । यद्यपि उहाँ हंगकंगसम्म पुग्नुभएको छ । online khabar

See More

चार दलवीच हस्ताक्षर, केहीवेरमै मन्त्रिपरिषद् बैठक, आजै रेग्मीलाई सपथ खुवाउने तयारी

३० फागुन, काठमाण्डौ । मुख्य चार राजनीतिक दलवीच लडाकूको दर्जा, सत्य निरुपण तथा मेलमिलाप आयोग लगायतका सवै बिषयमा सहमति जुटेको छ ।
सहमतिपछि सेना समायोजन बिशेष समितिको कार्यालय नयाँ बानेश्वरमा चारै दलका शीर्ष नेताहरुले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । असार पहिलो साताभित्र निर्वाचन गर्नेगरि प्रधानन्यायाधीश रेग्मीलाई अन्तरिम चुनावी परिषद्को अध्यक्ष बनाउन दलहरु सहमत भएका छन ।
यसैगरि माओवादी लडाकूलाई एक कर्णेल र दुई लेफ्टीनेन्ट कर्णेल दिने सहमति भएको छ । एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठका अनुसार आजै बाधा अडकाउ फुकाउ प्रस्ताव मन्त्रिपरिषद्ले पारित गरेपछि राती १२ बजे अघि नै रेग्मीलाई शितल निवासमा सपथ खुवाउने तयारी भइरहेको छ ।online khabar

अबको सरकार 'अन्तरिम निर्वाचन परिषद्'

मुख्य चार राजनीतिक दलबीच असार ७ गते भित्र निर्वाचन गर्ने भन्ने सहमति भएको छ । तर प्रधान न्यायाधीशलाई भने निर्वाचन गर्न मंसिर मसान्त भित्रको समयसीमा दिइएको छ। दलहरु प्रधान न्यायाधीशलाई आजै ११ बजे राति शपथ गराउने भन्नेमा सहमति भएको कांग्रेस नेता विमलेन्द्र निधीले नागरिकन्युजलाई बताएका छन्।
उनका अनुसार नागरिकताको विषयमा भएको विवाद पनि टुंगिएको छ । जसमा जन्मसिद्धको आधारमा पाएका नेपाली नागरिकले वंशजको आधारमा पनि नागरिकता पाउने व्यवस्था गरेका छन...् ।

यसैगरी मतदाता नामावलीमा भने मतदाता नामावली २०६४ लाई आधार बनाएर नागरिकता नभएकालाई पनि मतदाता नामावलीमा सुचिकृत गर्ने सहमति भएको छ ।

माओवादी लडाकु र सेना समायोजनको बारेमा रहेको विवाद पनि टुंगिएको छ । जस अनुसार एमाओवादी लडाकुलाई १ कर्णेल, १ महासेनानी, २ प्रमुख सेनानी दिने सहमति भएको छ । तर सेनाको तालिम पुरा गरेपछि मात्रै महासेनानीको दर्ज्यानी दिइने कांग्रेस नेता निधीले नागरिकन्युजलाई बताएका छन् ।

अहिले विशेष समितिको समायवधि सकिएको र सो समितिको म्याद अहिले बस्ने मन्त्रिपरिषद्को बैठकले थप्ने निर्णय गर्नेछ । यो निर्णयपछि समितिको बैठक बस्ने छ । दलहरुबीच भएको सेनाको दर्जा निर्धारणको सहमतिलाई विशेष समितिको बैठकले अनुमोदन गर्नेछ ।
यस्तै अब बन्ने सरकारलाई अन्तरिम निर्वाचन परिषद् भनिने सहमति दलहरुबीच भएको छ । रेग्मी यस परिषद्को अध्यक्ष हुने छन् । परिषद्मा ११ जना रहने छन् । जसमा निजामति सेवाबाट अवकाश प्राप्त विशिष्ट कर्मचारीहरु रहने छन् ।नागरिकन्युज..

See More

शिरीषको फूल' माथि बनेको फिल्मलाई मंगलबार नेपाली साहित्यकारहरूले हेरे ..

काठमाडौ, फाल्गुन ३० - पारिजातको चर्चित उपन्यास 'शिरीषको फूल' माथि बनेको फिल्मलाई मंगलबार नेपाली साहित्यकारहरूले हेरे । जापानी निर्देशक डा. तोसिआकी इतोहको निम्तोमा ठूलै संख्यामा साहित्यकारहरू सुनधारास्थित सिभिल मल पुगेका थिए । 'नेपाली कृतिमाथि फिल्म बनाएँ, साहित्यकारको प्रतिक्रिया बुझ्न चाहेको हुँ,' टोकियो विविका सहप्राध्यापक समेत रहेका इतोहले भने, 'त्यसैको लागि टोकियोदेखि आएँ ।' मदन पुरस्कार प्राप्त कृतिम...ाथि बनेको फिल्म दोस्रो विश्वयुद्ध लड्दालड्दै भागेर आएका सुयोगवीर र जीवनदेखि निराश युवती सकम्बरी वरिपरि घुम्छ । युद्धमा अनेकौं अपराध र थुप्रै युवतीलाई बलात्कार गरेका एक पूर्व सिपाही प्रेममा कसरी हार्छन् र जीवनबोध गर्छन् भन्ने देखाउन खोजेको फिल्ममा सकम्बरीमार्फत निस्सारवादी दृष्टिकोण प्रस्तुत गरिएको छ । नेपाली साहित्यको पहिलो शून्यवादी कृति मानिएको 'शिरीषको फूल'को छायांकन पक्षको धेरैले प्रशंसा गरे । 'फिल्म एकदमै राम्रो बनेको रहेछ,' साहित्यकार तुलसी दिवसले भने, 'तर कथा प्रस्तुतिमा एकरसता भेटियो । अलिक उतारचढाव देखाउन सकेको भए झन राम्रो हुन्थ्यो ।' अर्का साहित्यकार राजेन्द्र थापाले फिल्मको निर्देकीय पक्षको तारिफ गरे । 'शिरिषको फूल आफंैमा चुनौतीपूर्ण कृति हो,' उनले भने, 'प्लटको प्रधानता नभएको कृतिमा फिल्म बनाउनु उत्तिकै चुनौतीपूर्ण हुन्छ ।' आफैंले लेखेको कथा 'झोला'मा आफैंले अभिनय गरेका साहित्यकार कृष्ण धरावासीले पनि फिल्मको प्रशंसा गरे । 'यो नेपाली साहित्यजगत्कै लागि खुसीको कुरा हो,' उनले भने, 'यस्ता फिल्महरू बन्दै गए साहित्य फराकिलो हुन्छ ।' केहीले भने फिल्मका कतिपय सन्दर्भले पारिजात शून्यवादी नभई ईश्वरवादी हो कि भन्ने भान दिएको प्रतिक्रिया दिए । फिल्म क्रिएसन नेपालको प्रस्तुति रहेको फिल्ममा सुयोगवीरको भूमिकामा गणेश लामा र सकम्बरीको भूमिकामा शर्मिला गुरुङले अभिनय गरेका छन् । नयनराज पाण्डे र तोसिआकी स्वयंको पटकथा रहेको फिल्ममा नारायण जिसीको छायांकन छ । दिनेश सुनामले पाश्र्व संगीत दिएका छन् । ekantipur

See More

एसएलसी भोलिदेखि
शिक्षा मन्त्री भन्छन्- चिट चोर्ने/चोराउने, अनियमितता गर्ने/गराउने कसैलाई छाडिने छैन ।

भक्तपुर, फाल्गुन ३० - यो वर्षको एसएलसी परीक्षा बिहीबारदेखि सुरु हुँदै छ । सरकारले एसएलसीमा अनियमितता गर्नेलाई कडा कारबाही गर्ने जनाएको छ । निर्देशिकामा अनियमितता गर्नेलाई एक लाख जरिवानाका साथै ६ महिनासम्मको जेल सजायको व्यवस्था छ ।

...

'परीक्षा सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०६८ अनुसार अनियमितता गर्ने कसैलाई बाँकी राखिने छैन,' शिक्षा मन्त्री दीनानाथ शर्माले मंगलबार अन्तरक्रियामा भने, 'चिट चोराउने, लेखेर/लेखाएर विद्यार्थीलाई अनियमितता गराउने शिक्षक, विद्यार्थी, अभिभावक, कर्मचारीदेखि परिचालित सुरक्षाकर्मी कसैलाई छाडिने छैन ।' मन्त्री शर्माले परीक्षाको गुणस्तरमा सरकारले सम्झौता नगर्ने उल्लेख गरे । परीक्षा नियन्त्रक खगराज बरालले तयारी पूरा भएको बताए । परीक्षा चैत १ देखि ९ सम्म बिहान ८ देखि ११ बजेसम्म हुनेछ । परीक्षामा नियमितर्फ ४ लाख ३० हजार ९७ र एक्जेम्टेडतर्फ १ लाख १७ हजार ६८ जना सहभागी हुँदै छन् । एक हजार ७ सय ८६ परीक्षा केन्द्र राखिएको छ । केन्द्रैपिच्छे केन्द्राध्यक्ष, २ हजार ६ सय ५५ सहायक केन्द्राध्यक्ष, २१ हजार ८ सय ९० निरीक्षक, ७ हजार २ सय ९७ सहयोगी र १७ हजार ८ सय ६० सुरक्षाकर्मी परिचालन हुने बरालले बताए । मन्त्रालयका प्रवक्ता महाश्रम शर्माका अनुसार १४ अञ्चलमा सहसचिवलाई स्थलगत अवलोकनमा खटाइएको छ । 'सार्वजनिक सूचना जारी भइसकेको छ,' उनले भने, 'निर्देशिका लागू भएको छ, कसैले अनियमितता गरे कारबाही गरिनेछ ।' उनले अनियमितता गर्नेलाई १ लाख रुपैयाँ जरिवाना र ६ महिना कैद हुन सक्ने जानकारी दिए । एउटा परीक्षार्थीको सट्टा अर्को व्यक्तिले परीक्षा दिएको पाइए रद्द गरी कम्तीमा दुई वर्षसम्म निष्काशन गर्न सकिने व्यवस्था छ ।

See More

सुन-चाँदीमा कालोबजारीको डर
मुल्य भने स्थिर....

काठमाडौं, फाल्गुन ३० - नेपाली बजारमा केही दिनदेखि सुन तथा चाँदीको मूल्यमा स्थिरता आएको छ ।

...

अन्तर्राष्ट्रिय बजारमा आएका विभिन्न उतरचढाव तथा अमेरिकी डलरको तुलनामा नेपाली विनिमय केही मजबुद हुन गएका कारण बजारमा गत शुक्रबारदेखि सुनचाँदीको मूल्य स्थिर रहन गएको हो ।

शुक्रबार अन्तर्राष्ट्रिय बजारमा प्रतिऔन्स एकहजार ५७४ अमेरिकी डलर कायम हुँदा नेपाल सुनचाँदी व्यवसायी महासङ्घले नेपाली बजारमा सुनको मूल्य प्रतितोला रु ५६ हजार ५०० निर्धारण गरेको थियो भने आज अन्तर्राष्ट्रिय बजारमा प्रतिऔन्स एकहजार ५९२ अमेरिकी डलर कायम हुँदा पनि सो महासङ्घले शुक्रबार निर्धारण गरेको मूल्यलाई नै निरन्तरता दिई मूल्य निर्धारण गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी सङ्घका पूर्वअध्यक्ष तेजरत्न शाक्यले गत शुक्रबार बजारमा प्रतिअमेरिकी डलरको कायम गरिएको नेपाली रुपैयाँको विनिमय दरको तुलनामा आज नेपाली रुपैयाँ बलियो देखिएको हुँदा सोको मूल्य स्थिर रहेको बताए ।

उनले देशभर दैनिक २५ किलो सुनको माग रहेको भए पनि विभिन्न वाणिज्य बैंकमार्फत दैनिक १५ किलो मात्र आपूर्ति हुने हुँदा अहिले बजारमा सुनको अभाव तथा कालोबजारी हुन थालेको जानकारी दिए ।

त्यसैगरी असली चाँदीको मूल्य आज प्रतितोला रु एकहजार ५५ रहेको छ । जुन मूल्य शुक्रबार पनि त्यति नै कायम रहेको थियो ।ekantipur

See More